नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह


नेपाल समाचारपत्र
काठमाडौ
ष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आर्थिक समृद्धितर्फ केन्द्रित भएकाले निजी र सरकारी क्षेत्रलाई लगानी गर्न उपयुक्त वातावरण रहेको बताउनु भएको छ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणका क्रममा भारत उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्राकृतिक सम्पन्नताले मुलुकले एक्लै आर्थिक समृद्धि गर्न नसकिने र यसका लागि द्विपक्षीय रूपमा निजी र सरकारी क्षेत्रबाट लगानी हुनुपर्ने बताउनुभएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा उल्लेख छ।

उहाँले नेपालले गरेको राजनीतिक तथा सामाजिक परिवर्तनबाट आर्थिक परिवर्तनतर्फ फड्को मारेकाले दुई देशको संयुक्त लगानीसँगै देशबीचको सम्बन्धले नयाँ उचाई लिने विचार व्यक्त गर्नुभयो। उत्पादन, सेवा र औद्योगिक क्षेत्रमा लगानीका लागि प्रशस्त सम्भावना रहेकाले भारतीय उद्योगी र लगानीकर्तालाई आग्रह गर्नुभयो। हालै सम्पन्न भएका दुई अन्तर्राष्ट्रिय लगानी सम्मेलनले नेपालमा लगानीे भित्र्याउने र आर्थिक उन्नति हासिल गर्नका लागि स्पष्ट दिशानिर्देश गरेकाले लगानी थपिनेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो।
उक्त कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विश्वमा नै नयाँ आर्थिक शक्तिका रूपमा उदाएको भारतबाट नेपालले के कस्ता फाइदा लिनसक्छ भन्ने सम्भावनाका विषयमा छलफल हुनु आवश्यक रहेको बताउनुयो। नेपालमा जलविद्युत्, पर्यटन, कृषिलगायतका क्षेत्रमा रहको प्रचुर सम्भावनामार्फत् आर्थिक लाभ लिन सहकार्य आवश्यक रहेको उहाँले धारणा राख्नुभयो।

संविधान कार्यान्पयनमा आएसंँगै एक वर्षभित्र तीन वटै तहको निर्वाचन गरेर नेपाली जनताले वर्षौदेखि चाहेको विकास लक्ष्य प्राप्तिका लागि सरकार लागिपरेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, भारत उद्योग परिसंघका अध्यक्ष आदर्श शर्मालगायतको सहभागिता रहेको थियो।