अर्घाखाँची सिमेन्टद्वारा हर्न निषेध अभियानलाई सहयोग


काठमाडौं, (नेस)
अर्घाखाँची ओपीसी सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणप्रति सचेत हुँदै काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ। कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै बढेको ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न यो अभियानले सहयोग गर्ने अपेक्षा गरेको छ।

काठमाडौं महानगरपालिका तथा महानगरीय ट्राफिक प्रहरीले वैशाख १ गतेदेखि उपत्यकाभित्र सवारी साधनले हर्न बजाउन निषेध गरेको छ। यो नियम अनुसार अत्यावश्यक सवारी साधन र सुरक्षाका सवारी साधनले समेत अति आवश्यक भएमा मात्र हर्न बजाउन पाउनेछन्।
अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्व अबलम्बन गर्दै समय समयमा वृक्षारोपण कार्यक्रमका साथै वातावरण संरक्षणका लागि जनचेतना अभियान पनि सञ्चालन गर्दै आएको छ।

कम्पनीले बढ्दो वातावरणीय समस्याप्रति सचेत हुँदै सिमेन्ट उत्पादनमा पनि वातावरणमैत्री व्यागफिल्टर प्रविधिको प्रयोग गरिरहेको छ।