मेट्रो बमकाण्डमा अर्को व्यक्ति पक्राउ


मस्को,(एजेन्सी)

रसियामा सोमवार प्रहरीद्वारा पक्राउ गरिएका एकजना आशंकित व्यक्तिले केहि दिन अघि सेन्ट पिटर्सवर्गको मेट्रो स्टेसनमा भएको बम आक्रमणमा आफ्नो हात रहेको स्विकार गरेको सुरक्षा सुत्रले जनाएको छ।

सो बम आक्रमणमा चौंधजना व्यक्तिको ज्यान गएको थियो। पक्राउमा परेका आवरोर आजिमोभ नामक ति किर्गिस्तानी सन् १९९० मा जन्मेका हुन्। उनका वकिलले उनले सो विस्फोटन कार्यमाको पुर्ण संलग्नता स्विकारेको बताएको रुसी संचार माध्यमले जनाएका छन्।

गत ३ अप्रिलमा भएको यस आक्रमणको सिलसिलामा अहिले सम्म यिनी लगायत नौ जना पक्राउमा परिसकेका छन्। सो आक्रमण किर्गिस्तानमा जन्मेका रुसी २२ वर्षिय नागरिक अकवरझोन जालिलोभले गरेका थिए। त्यस घटनामा ५० जना भन्दा बढि घाइते भएका थिए।

रुसी सुरक्षा सेवाले यसअघि आवरोर आजिमोभले आत्मघाती बम विस्फोट गाराउने जालिलोभलाई तालिम दिएको जनाएको थियो। जालिलोभको फोन सम्पर्कको आधारमा यिनलाई पक्राउ गरिएको रुसी अखवार कोम्मरसान्टले जनाएको छ।