हत्या आशंकामा ४ जना हिरासतमा


पानामा सिटी, (एजेन्सी)
नामाका अन्तराष्ट्रीय फुटबलर एमिलकार हेनरीक्वेजको हत्याको अभियोगमा चार जनालाई हिरासतमा लिएको पानामा प्रहरीले जनाइएको छ।

शनिबार राति पानामाको कोलोन शहरमा हेनरिक्वेजलाई गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले चार जना किशोरहरुलाई हिरासत लिएको बताएको हो। हत्याको कारण स्पष्ट नभए पनि प्रहरीले उक्त हत्या योजनाबद्ध भएर गरिएको हुनसक्ने आशंका गरेका छन्।

हत्याको योजना अनुसार आक्रमणकारीले हेनरिक्वेजलाई उसैको घर वरिपरि कुरेर बसेको समेत प्रहरीले बताए।

हत्या गरेको आशंकामा हिरासतमा लिएका ती चार किशोरसहित उनीहरुसँगै बस्दै आएका एक ७० वर्षीय महिलालाई समेत देश छोड्न नपाउने उर्दी जारी गरेका छन्। उक्त घटनामा फुटबलर हेनरिक्वेज सहित अन्य एक जना बटुवाको समेत ज्यान गएको थियो। उनको हत्या भएको कोलोन प्रान्त पानामामा गुण्डागर्दीको कारण परिचित समेत स्थान हो।

पानामा टीमबाट ७५ अन्तराष्ट्रीय म्याच खेलेका मिडफील्डर हेनरीक्वेज हालसालै पानामा क्लब अराबे यूनिडोमा दोस्रो पटक अनुबन्ध भएका थिए। त्यसअघि उनले कोलम्बियाको अमेरिका डे कली र रियल कार्टेजेनाबाट समेत खेलेका थिए।

पान अमेरिका फुटबाल संघ (फेपाफुट) ले ट्विटरमार्फत हेनरीक्वेज की हत्या भएको पुष्टि गरेका हुन्। शनिबार उक्त घटना लगत्तै पानामाका राष्ट्रपति जुआन कार्लोस भारेलाले घटनाको निन्दा गर्दै हेनरीक्वेजको हत्यारालाई पक्राउ गर्ने वचन दिएका थिए।