जिप खस्दा ४ को मृत्यु


डोल्पा, (नेस)
मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

प्रहरीका अनुसार भिठ्ठीबाट सदरमुकाम दुनै आउँदै गरेको भे१च १२५१ नम्बरको जिप मंगलबार दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।

दुर्घटनामा जिप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने बुद्धसिंह कठायत, डोल्पाको ठूलोभेरी नगरपालिका–९ का लोकेन्द्र शाही, ठूलोभेरी नगरपालिका–७ की सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका–४ का धर्मलाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको जिल्ला सदरमुकाम दुनैमा उपचार भइरहेको छ। उकालो बाटोमा इन्जिन फेल भएर जिप दुर्घटना भएको बताइएको छ।