नगद तथा धनमाल चोरी


नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी स्थित रामकृष्ण खड्गीले संचालन गरेको नयाँ बचत तथा ऋण सहकारी संस्थाबाट गएराति संस्थाको मुल ढोकाको ताला फोडी नगद ७७ हजार रुपैयाँ र ल्यापटप थान १ सहित करीव १ लाख १७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ललितपुर थसिखेल बस्ने धनकुटा घर भएका टनुमा घलेले सानेपामा संचालन गरको न्यू फेशन ब्युटी पार्लरबाट गएराति ढोकाको सिसा फोडी नगद २ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।