पिपल्लाका आगलागि पिडितले राहत पाएनन्


विमल विष्ट, डोटी ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा गएको चैत्र २० गते भएको आगलागि बाट पिडित भएकाहरुले सरकारी राहत पाउन सकेका छैनन् ।

राहत नपाउदा आगलागि बाट पिडित बनेका ब्यापरीहरुको बिचल्लि भएको छ । राहत रकम नपाउँदा आफुहरुलाई निकै समस्या उत्पन्न भएको जेबीआयल स्टोरका प्रकाश कपड्यालले बताउनु भयो ।

सरकारी राहत नपाएपछि आगलागि बाट घर होटल जलेर नष्ट भएकी मञ्जु खड्का पाल मुनि बस्न बाध्य भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिल्लीराज विष्टले दिनु भएको जानकारी अनुसार उक्त आगलागिका कारण करोड २ करोड ६१ लाख १८ हजार ४ सय १८ रुपियाको नोक्सानी भएको लगत निस्किएको थियो । जेबी आईल स्टोरमा टयांकर बाट पेट्रोल खन्याउने बेला आगालागि हुँदा पेट्रोल पम्प सहित अन्य तिन वटा पशल जलेर नष्ट भएका थिए ।