खोटाङको दिक्तेलबजार स्थित कपास उद्योगमा आगलागी



रामधन राई, खोटाङ,

खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित देबिथान कपास उद्योगमा मङ्गलबार अपरान्ह आगालागी भएको छ । मेसिनमा एक्कासी विद्युत सर्ट भएर आगलागी हुँदा महिना दिन अघिदेखि स्थानीय सानदेव खड्काले सञ्चालन गर्नुभएको उद्योग पुर्ण रुपमा नष्ट भएको छ ।

नगरपालिकामा रहेको दमकल साँघुरो सडकका कारण घटनास्थलसम्म पुग्न नसक्दा आगलागीबाट केही पनि जोगाउन नसकिएको उद्दारकर्मीले बताएका छन् । उद्योगमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले नियन्त्रणमा लिएको छ । आगोलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

साँघुरो बाटो रहेको दिक्तेलबजारमा यसअघि पनि आगलागी भएको ठाउँमा दमकल पुग्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्