भरुवा बन्दुक सहित पक्राउ


नेपाल समाचारपत्र, कैलाली ।
भजनिया–४ बस्ने ३२ बर्षीय राम बहादुर चौधरी र २९ बर्षीय राम बहादुर चौधरीलाई प्रहरीले १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमबार बिजुलीया जंगलमा से.१ प ७४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंकालागी चेकजाँच गर्दा लुकाई छिपाई लैजान लागेको अवस्थामा एक नाल भरुवा बन्दुक बरामद भएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।