माथिल्लो दोर्दी– ‘ए’ ४० प्रतिशत पूरा


नेपाल समाचारपत्र
लमजुङ
लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन माथिल्लो दोर्दी–‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यलाई द्रुत गति दिइएको छ। निर्माणकार्य ४० प्रतिशत सकिएको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो।

उहाँका अनुसार आयोजनाको दोर्दी गाउँपालिकाको कीर्तिपुर क्षेत्रमा जलाशय, भूमिगत सुरुङ, पेनस्टक पाइप जडान, विद्युत् गृह निर्माणलगायतको काम भइरहेको छ। २०७५ साउनसम्म सबै काम सकेर परीक्षण उत्पादन थाल्ने गरी काम भइरहेको उहाँले बताउनुभयो। २५ मेगावाट क्षमताको सो आयोजनाको २ हजार ७ सय मिटर लामो सुरुङमध्ये एकहजार मिटर निर्माण भइसकेको छ।

ढोडेनीको तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा आयोजनाको बाँध बाधेर झण्डै पाँच किलोमिटर तल मालेबगरमा निर्माण गरिने विद्युत् गृहमा लगेर पानी खसाल्ने आयोजनाको लक्ष्य छ। २ हजार ७ सय मिटर लामो सुरुङमध्ये एकहजार मिटर निर्माण भइसकेको छ।

आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७ सय मिटर लामो भूमिगत सुरुङ र २ हजार ७ सय मिटर लामो पेनस्टक पाइपमार्फत् दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा पुयाई विद्युत् उत्पादन गरिने विद्युत् उत्पादन गरिने वस्तीले जानकारी दिनुभयो। उहाँका अनुसार आयोजनामा हाइड्रोमेकानिकल अन्तर्गतको ५० प्रतिशत निर्माण कार्य सकिएको छ। इलेक्ट्रोमेकानिकलतर्फको काम पनि शुरू भइरहेको छ।

यसअघि मेगाटेक कम्पनीलाई सुरुङको काम दिइएकोमा ढिलाई गरेको भन्दै वाइबा कन्स्ट्रक्सनलाई सुरुङ निर्माणको काम लगाइएको वस्तीले बताउनुभयो। उहाँका अनुसार आयोजनाको बाँध क्षेत्र (हेडवक्र्स र विद्युत् गृह निर्माणको जिम्मा बज्रगुरु निर्माण कम्पनीले लिएको छ। पेनस्टक निर्माणको जिम्मा माछापुच्छ«े जेभी लिएको छ। सो आयोजनामा १२ दशमलव ५ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन रहने छन्। आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुने छ।

कुल चार अर्ब रुपियाँको लागतमा निर्माण गरिन लागेको यस आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकहरूको इक्विटी लगानी रहेको छ। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा चार बैंकले आयोजनामा दुई अर्ब ७७ करोड ४० लाख रुपियाँ लगानी गरेका छन्।