मन्त्री र सचिवले खाने खाजा पसल सिल



सिंह दरबार भित्रैका क्यान्टीनको दुर्दशा

सन्तोष खनाल, काडमाण्डौ ।
मन्त्रालयमा खाजाको समान सप्लाई गर्दै आएको मनोज भन्ने माईलाको पसल बजार अनुगमन टोलीले सिल गरेको छ । बजारमा अखाद्य र म्याद नाघेका सामानको अनुगमन र निरीक्षण गर्दै हिडेको आपूर्ति मन्त्रालय सहित सिंह दरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाई गर्दै आएको मनोज भन्ने माईलाको पसलले सरकारी निर्देशन पटक पटक नटेरेपछि टोलीले उक्त पसल सिल गरेको जनाएको छ ।

मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाईजेस्टीक विष्कुट, म्यागी चाउचाउ लगायतका उपभोग्य सामान अखाद्य रहेको देखीएपछि अनुगमन टोलीले केही दिन अघि गलत धन्दा नगर्न निर्देशन दिएको थियो । फेरी अनुगमनमा पुगेको मन्त्रालयको नेतृत्वको टोलीले म्याद नाघेका समान भेटीएपछि आईतबार पसल सिल गरेको हो ।

आपुर्ति मन्त्रालयको नेतृत्वमा गएको टोलीले मनोज भन्ने माईलाको पसललाई ३ दिने म्याद दिएर यस अघि छाडेको थियो भने २०७३ पुष ९ गते आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरी एक साता समय सिमामा कानुनी दायरामा आउन तथा अखाद्य सामान नबेच्न दिएको निर्देशलाई पनि उक्त पसलले गलत्याएको थियो ।

सिंह दरबारका सबै मन्त्रालयमा रहेका क्यानटीन तथा प्रहरीको उच्च तहमा म्याद नाघेका सामान सप्लाई हुने गरेको उक्त पसलको संरक्षणमा मन्त्रालय सम्मको हात रहेको देखीएको खबर नेपाल समाचारपत्रमा आएपछि पुन अनुगमन मन्त्रालय केन्द्रीत भएको हो ।

सिंह दरबार भित्रका नेपाल टेलीभिजन र रेडियो नेपालले संचालन गरेका खाजा पसल दुर्गन्धीत भेटीएका छन ।

सिंह दरबारमै सप्लाई हुने पसलको निरीक्षण गर्न पुगेका आपुर्ति मन्त्रालयको अनुगमन टोलीका संयोजक गाविन्द लुईंटेलले पटक पटकको सरकारी निर्देशन नटेरे पछि पसल सिल गरीएको जानकारी दिनुभयो । ‘हामीले दिएको निर्देशन नमानेको हुनाले हामीले सिल गररेका छौं’ उहाँले भन्नुभयो, ‘यस अघि निर्देशन दिएका पसलहरुले निर्देशन पालना नगरे सबै सिल हुन्छन ।’ आपुर्ति विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग लगायतको टोली बजार अनुगमनमा छ ।

यसैविच बजार अनुगमन टोलीले आईतबार सिंह दरबारका क्यान्टीनमा छापा मारेको छ । सिंह दरबार भित्रका मन्त्रालय र अन्य सरकारी संस्था तथा कार्यालयको क्यान्टीनमा छापा मार्दा त्यहाँ अत्याधिक रुपमा फोहोर रहेको देखीएको अनुगमन टोलीले जानकारी दिएको छ ।

सिंहदरबार भित्रका नेपाल टेलीभिजन र रेडियो नेपालको खाजा क्यान्टीनको अबस्था निक्कै समस्याजनक रहेको अनुगमन टोलीका संयोजक लुईटेलले जानकारी दिनुभयो । ‘रेडियो नेपाल र नेपाल टेलीभिजनको क्यान्टीन अतिनै फोहोर भेटीयो’ उहाँले भन्नुभयो, ‘डकुमेन्ट सहित विभागमा उपस्थित हुन निर्देशन दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्