विकास समितिको लापरबाहि, औषधि खरिदमा अनियमितता



रविन भट्टराई, ताप्लेजुङ ।

अस्पताल प्रशासन र अस्पताल विकास समितिको लापरबाहिका कारण औषधि खरिद नगर्दा जिल्ला अस्पताल ताप्लेजुङको अस्पताल फार्मेसिमा औषधि अभाव भएको छ ।

छुट सहित औषधि बिक्रि हुने फार्मेसिमा सामान्य औषधि समेत नहुँदा विरामि पाँच महिना देखि बाहिरबाटै चर्को मुल्यमा औषधि खरीद गर्न बाध्य छन् ।

गत असार मसान्त देखिनै औषधि खरिद नहुँदा फार्मेसिमा औषधि सकिएको फार्मेसिमा कार्यरत अहेव रेसा लावती (लिम्बु) को भनाई छ । बिरामिबाट फार्मेसिमा दैनिक माग हुँदै आएको पेन्ताप्रोजल, सिफिक्रिम, सिटामोल, एसिलोक लगायतका सामान्य औषधि पनि नहुँदा फर्काउनुपर्ने अबस्था आएको रेसाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्