प्रधानमन्त्री बिरामी


काठमाडौं,(नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौसमी ज्वरोको कारण अस्वस्थ हुनुभएको छ। उहाँलाई केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएपछि वालुवाटारमै आराम गरिरहनुभएको प्रचण्डको सचिवालयले बताएको छ। प्रचण्डको सचिवालयका एक सदस्यले भने,‘केही दिनबाट प्रधानमन्त्रीलाई सन्चो थिएन।

डाक्टरको सल्लाह अनुसार निवासमै आराम गरिहनुभएको छ। तर पनि उहाँको अवस्था सामान्य छ।’ उनका अनुसार प्रधानमन्त्रीले अझै केही दिन आराम गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन्।