करेन्ट लागेर मृत्यु


गाईघाट(उदयपुर), ३ वैशाख । त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको आज बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका विकको उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस