मानव बेचबिखनमा वृद्धि



काठमाडौँ, ३ वैशाख । पछिल्लो समय मुलुकमा मानव बेचबिखनको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्कानुसार आव २०७१÷७२ मा एक सय ८१ मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आव २०७२÷७३ मा वृद्धि भई दुई सय १८ पुगेको छ ।

जनअधिकार मञ्चले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा ब्युरोका प्रहरी उपरीक्षक किरण वज्राचार्यले काभे्रपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत स्थानका नागरिक वैदेशिक रोजगारीको प्रलोभनमा बेचबिखनमा परेको जानकारी दिनुभयो ।

ब्युरोका अनुसार भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा महिला बढी जोखिममा परेका छन् । प्रहरीले दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाएको बताइएको छ । मञ्चले काभ्रेपलाञ्चोकसहित नौ जिल्लामा गरेको अनुसन्धानानुसार ३६ जना सोझासिधा गाउँलेका मिर्गौला बिक्री गरिएको छ ।

दलालले गाउँलेलाई रोजगारी तथा पैसाको लोभ देखाएर भारतका चेन्नई, चण्डीगढ र नयाँ दिल्लीमा लगेर बिक्री गरेको पाइएको छ । मिर्गौला बेचिएका गाउँलेमध्ये ३० पुरुष तथा छ महिला छन् ।

मिर्गाैला बेचिनेमा ब्राम्ह्ण, जनजाति र दलित समुदायका बढी छन् । मञ्चका प्रमुख सतीश शर्माका अनुसार उनीहरुलाई रु तीन लाखदेखि रु पाँच लाखसम्मको लोभ देखाइएको भए पनि रु ५० हजारदेखि रु एक लाखसम्म उपलब्ध गराइएको छ । उनीहरुको आर्थिक अवस्था अहिले दयनीय बन्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्