‘निर्वाचनको मिति सर्दैैन’


चितवन, २ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई धु्रवमा रहेका राजनीतिक शक्तिलाई मूलधारमा ल्याई सरकारले निर्वाचनको तयारी गरेकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताउनुभयो ।

एमालेले चर्को कुरा गरेर मधेसी मोर्चालाई भड्काउन खोजेको नेता शर्माको आरोप थियो । “अतिवादी सोच बोकेका समूहले स्थानीय तहको निर्वाचन चाहेका छैनन्, त्यस्ता शक्तिलाई परास्त गरेर निर्वाचन सम्पन्न गर्न सरकार तयार छ,” उहाँले भन्नुभयो ।

मधेसी मोर्चाको भावना समेट्ने गरी सरकारले संविधान संशोधनको नयाँ विधेयक संसद्मा दर्ता गरेकाले मोर्चा पनि निर्वाचनमा सहभागी हुने शर्माको भनाइ थियो । रासस