चटयाङ्ले धनकुटामा २ जनाको ज्यान गयो


सन्तोष रुचाल, धनकुटा । हावाहुरीसँगै परेको चट्याङ लागेर धनकुटामा २ जनाको ज्यान गएको छ ।

दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङकी ३६ वर्षीया छत्रकुमारी राई र साँगुरीगढी गाउँपालिका वडा नं. १० आहालेकी २४ वर्षीया कृष्ण राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिप राजभण्डारीले बताउँनुभयो ।

कृष्ण राईलाई मोवाईलमा कुराकानी गरी रहेको अवस्थामा चट्याङ लागेको थियो भने छत्रकुमारीको साथमा पनि मोवाईल रहेको प्रहरीले बताएको छ ।
चट्याङ लागेर मृत्यू भएका दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।