ढुंगेललाई दिएको आदेश सम्झौता विपरित– बैद्य


नेपाल समाचारपत्र, काठमाडौं
मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले पूर्वसभासद बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्चले दिएको आदेश शान्ति सम्झौता विपरित भएको बताएको छ । बैद्यले आज विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

क्रान्तिकारी माओबादीका अध्यक्ष बैद्यले जारी गरेको बिज्ञप्तीमा भनिएको छ,– ‘शान्ति सम्झौताको गंभीर उल्लघन हुँदा पनि राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय हो ।’

जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सरकारमा बसिरहने र कार्यकर्ता उत्पीडित बन्नु गंभीर चिन्ताको विषय भएको बैद्यले बताउनुभएको छ ।