खानेपानी आयोजना निर्माणमा सेनाको सहयोग

0
Shares

धनगढी, २ वैशाख । नेपाली सेनाको एक टोलीले खानेपानीको चर्को समस्या रहेका कैलाली जिल्लाको दुर्गम पहाडी भेगको मोहन्याल गाउँपालिका–७ सुगरखालस्थित ढकाने गाउँमा निर्माणधिन खानेपानी योजनास्थलसम्म खानेपानीका पाइप पु¥याइएको छ ।

सडक यातायातको सुविधा नहुँदा पूर्वपश्चिम राजमार्गको कैलाली वल्चौरमा लामो सयमदेखि थन्क्याएर राखिएको खानेपानीको एक दर्जन बढी बन्डल पाइप सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेबाट खटिएको नेपाली सेनाको टोलीले काँधमा बोकेर आयोजनास्थलसम्म पु¥याएको हो ।

स्थानीय बासिन्दाले पाइप ढुवानीको अभावमा योजना निर्माण अघि बढ्न नसकी खानेपानीको हाहाकार भइरहेको गुनासो गरेपछि नेपाली सेनाको टोलीले उक्त परिमाणको पाइप निर्माणस्थलमा पु¥याएको टोली प्रमुख गणेश खनालले बताउनुभयो ।

सडकको सुविधा नभएको उक्त गाउँमा वृद्धवृद्धा मात्रै रहेको अवस्थामा पाइप अभावमा योजना नै नबन्ने स्थिति देखिएपछि सेनाले सहयोग गरेको खनालले बताउनुभयो ।

सुगरखालस्थित ढकाने गाउँमा गर्मी याममा खानेपानीको समस्या हुनेगरेको छ । खानेपानी योजना नहुँदा स्थानीय बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य हुने गरेको बताइएको छ । सेनाले पाइप बोकेर गाउँमा पु¥याइ दिएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । रासस