‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुरू


काठमाडौँ, (नेस)

‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान शुक्रबारबाट शुभारम्भ भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशरथ रंगशालाबाट सो अभियानको सुरुवात गर्नुभएको हो। स्वास्थ्यमन्त्री गगन थापालगायत विभिन्न क्षेत्रका अतिथि र सर्बसाधारणको कार्यक्रममा सहभागिता रहेको थियो। दशरथ रंगशालाबाट निस्केको र्याली वसन्तपुरमा गई समारोहमा परिणत भएको थियो।

सो अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयले स्वस्थ्य जीवनका लागि सार्वजनिक गरेका ५ प्रतिवद्धता यस्ता छन् ः

– म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न ।
– म नियमित व्यायाम गर्छु ।
– म स्वस्थ्य र पोषिलो खाना खान्छु ।
– म नियमित स्वास्थ्य परीक्षण गराउँछु ।
– म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु ।