माओवादीले ९ गते चुनावी सभा गर्ने


काठमाडौं, (नेस)

नेकपा माओवादी केन्द्रले आगामी ९ गते सबै निर्वाचन केन्द्रहरूमा चुनावी सभा गर्ने निर्णय गरेको छ। ९ गतेभित्रै स्थानीय चुनावका उम्मेदवार पनि टुंगो लगाइसक्ने माओवादीले
जनाएको छ।

चुनावबारे छलफल गर्न शुक्रबार प्रम निवासमा आयोजित बैठकमा वैशाख ३१ गते नै स्थानीय चुनाव गर्ने र त्यसका लागि पार्टीको चुनावी कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको एक नेताले बताएका छन्।

माओवादीले उम्मेदवार टुंगो लगाउन सम्बन्धित कमिटीलाई नै जिम्मा दिइएको छ। बैठकले मधेशी दलहरूलाई वार्तामा आउन आग्रहसमेत गरेको छ।