फिल्मबाट थाकिन् नर्गिस


बलिउड नायिका नगरिस फाखरीले २०११ मा प्रदशित फिल्म रकस्टारबाट आफ्नो करिअर शुरु गरेकी हुन्। जसमा रणवीर कपुर उनको हिरो थिए।

वर्ष २०१६ मा उनी तीन फिल्ममा मुख्य भूमिकामा देखिइन्। जसमा इमरान हसमीका साथ अजहर, अभिषेक बच्चनका साथ हाउसफुल–३ र रितेश देशमुखका साथ बैन्जोमा अभिनय गरेकी थिइन्। यसका अलावा उनले फिल्म ढिसुममा केमियो गरेकी थिइन्। उनले एकैवर्ष एकैपटक यति धेरै फिल्म पहिलो पटक पाएकी थिइन्। तर, उनी यसलाई थकाइ लगाइदिने काम मानिरहेकी छिन्।

नरगिसले भारतीय सञ्चारमाध्यमसँग भनेकी छिन्– ‘अघिल्लो वर्ष मैले ४ वटा फिल्ममा काम गरेको थिएँ। जुन थकाइ लगाउनेवाला थियो। अब म यस्तो कहिल्यै पनि गर्दिनँ। अब म ढिलो चल्छु। वर्षमा एक मात्र फिल्म गर्नेु राम्रो हुनेछ।’

नरगिसलाई अभिनयबाहेक अरू काममा पनि रुचि छ। त्यस कारण पनि उनी फिल्मी रफ्तार कम गर्न चाहन्छिन्। उनले भनेकी छिन्– ‘म अलि फरक खालको छु। मलाई कुकिङ, रुख–बिरुवा र घुम्न मन पर्छ। म जिन्दगी जिउन सिनेमाको अलावा दोस्रो चिज पनि गर्न चाहन्छु। म टेलिभिजनमार्फत् पब्लिक पर्सनालिटी बन्न चाहन्छु अथवा अन्य केही गर्न चाहन्छु।’