स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णय



काठमाडौं (नेस) ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।

बिजुलीबजार स्थित पार्टी कार्यालयमा बुधवार बसेको बैठकले यस्तो खालको निर्णयमा पुगेको हो ।

सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेको भोलिपल्ट मोर्चाले यस्तो निर्णय गरेको हो ।

नागरिकता,भाषा,राष्ट्रिय सभाका बारेमा पुरानै कुरा समेटिएको र नयाँ बिधेयकमा पनि पुरानो भन्दा केहि फरक नपाएको आरोप लगाउँदै मोर्चाले निर्वाचन बहिस्कारसहित आन्दोलनका कार्यक्रम अगाडि सार्ने निर्णय भएको तराई मधेश सदभावना पर्टीका अध्यक्ष  महेन्द्र राय यादबले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्