काग्रेसलाई आफ्नैको डर


रामकृष्ण चापागाई,काठमाडौं ।

स्थानिय निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने दाबी गर्दै आएको नेपाली काग्रेसलाई आफ्नै बाट अन्तरघात हुने डर रहेको छ । गत संविधानसभाको निर्वाचनमा काग्रेस जित्ने आधार प्रशस्त हुदा हुदै पनि अन्तरघातकै कारण कतिपय क्षेत्रमा पराजित भएको थियो ।

वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा अन्तरघातको हुने सम्भावनालाई न्युनिकरण गर्न गाउ क्षेत्र र जिल्ला तहसम्मलाई उमेद्वार छनौटको जिम्मेवारी दिइएको छ ।

तर, केन्द्र देखि गाउतहसम्म नै गुट उपगुटमा कायम रहेकोले उमेद्वार छनौटमा जताततै गुटगत रस्साकस्सि भैरहेको छ । काग्रेस भित्र मुख्य गरि सभापति शेरवहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष गुटगत रुपमा लागेका छन् । साथै ठाउठाउमा अन्य शीर्ष नेताहरुको छुट्टै उपगुट पनि छ । काठमाडौंमा नेता प्रकाशमान सिहको पक्ष बढी हाबी हुनु उपगुटको एउटा उदाहरण हो ।

काग्रेसभित्र अन्तरघात गर्नेलाई कार्वाहि गर्ने निकाय केन्द्रिय अनुशासन समितिपनि विवादीत बनेको छ । पार्टी भित्र प्रोटोकलको कुरा नमिलेको भन्दै केन्द्रिय अनुशासन समितिका संयोजक गोपालमान श्रेष्ठले पार्टीको निर्णय स्वीकार गर्नुभएको छैन । पार्टीको आचारसंहिता पालना गराउ र अनुशासन कायम राख्न विधान अनुसार गठन गरिएको यो समितिले पार्टी अनुशासन उलंघन गर्ने सदस्य र पदाधिकारीहरुलाई ६ महिना सम्म निलम्बन तथा तीन वर्ष सम्म निष्काशन गर्ने अधिकार रहन्छ ।

‘उमेदवार छनौटमा मेरो तेरो भनेर विवाद गर्न थाल्यौ भने जितिने चुनाव पनि हारिन्छ’ केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू भन्नुहुन्छ– गुटगत राजनीति छोडेर सक्षम, मतदाताभित्र लोकप्रिय व्यक्तिलाई उमेद्वार बनाउनु पर्छ । यो स्थानिय तहमा स्थानिय स्तरमै उमेद्वार छनौटको जिम्मेवारी दिएकोले विवाद रहित उमेद्वार चयन हुने र अन्तरघातको सम्भावना नहुने भन्दै उहा थप्नुहुन्छ– स्थानिय तहको निर्वाचनले अन्य दुई तहको निर्वाचनलाई प्रभाव पार्ने भएकोले काग्रेस एकढिक्का भएर अघि बढ्नु पर्छ । स्थानिय उमेद्वार छनौट गर्दा नेताको नाता र दाता भन्दा जनप्रिय छनौट गर्नुपर्ने उहाको भनाई थियो ।
काग्रेसको गतवर्ष सम्पन्न १३औं महाधिवेशन बाट नेतृत्वमा पुग्ने नेताहरुले यसअघि आन्तरीक रुपमा भैरहेको ६०÷४० को भागवण्डा र गुटवन्दीको अन्त्य गर्ने भनेपनि अझै भागवण्डा र गुटवन्दीको अन्त्य नभएको भन्दै काग्रेस नेता रामहरी खतिवडाले गुटवन्दीका कारण यो स्थानिय निर्वाचनमा काग्रेस पराजित भए कहिल्यै माथि उठ्न नसक्ने बताउनु भएको छ । स्थानिय तहको निर्वाचनमा उमेद्वार छनौट गर्दा तेरो र मेरो मान्छे भन्दा पनि राम्रो र हाम्रो मान्छे छान्नुपर्ने उहाको भनाई छ ।

काग्रेस भित्र पार्टीलाई परिवार सम्झने भन्दा पनि परिवारलाई पार्टी सम्झने नेताहरु धेरै भएको भन्दै नेता खतिवडाले स्थानिय निर्वाचनको लागि आकाक्षि उमेद्वार धेरै भएपनि टिकट नपाउनेले टिकट पाउनेलाई आफु भन्दा सक्षम र जनप्रिय भएकोले ठिकै छ भन्ने महशुस हुने गरि उमेद्वार छनौट गरे अनतरघात न्युनिकरण हुने बताउनु भएको छ ।

आम कार्यकर्तालाई स्थानिय निर्वाचनमा एकढिक्का भएर अघि बढेको सनदेश दिन सभापति देउवाले नेता रामचन्द्र पौडेललाई चुनावी अभियानको संयोजक र उहा निकट महेश आचार्यलाई घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी दिएका छन् ।

चुनावी प्रचारप्रसारलाई तिव्रता दिन आयोजित प्रदेश स्तरीय आमसभामा संवोधन गर्न पनि शीर्ष नेताहरु सबै एकतावद्ध भएर गएर एकढिक्का भएको सन्देश दिने रणनीति तय गरेको काग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।