नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट निर्देशन



काठमाडा,ैँ (नेस) ।

नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनुभएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल सरकार तथा गृह मन्त्रालयले आप्mनो पेशागत निष्ठा, व्यावसायिक क्षमताको मूल्यांकन गरी नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा पदोन्नती गरेकोमा नेपाल सरकार र गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले यहाँसम्म आइपुग्न व्यावसायिक रुपबाट साथ दिनुहुने संगठनका तमाम सदस्यहरु लगायत सम्पूर्ण महानुभावहरुको सद्भाव एवं शुभेच्छाका लागि पनि हार्दिक धन्यबाद दिनुभयो ।

अहिले सिङ्गो राष्ट्र आसन्न स्थानीय तह निर्वाचन, संविधान र संघीयताको सफल कार्यान्वयनको गहन जिम्मेवारी हाम्रा सामु रहेको बताउँदै उहाँले सिंगो राष्ट्रको भविष्य र नागरिकको अपेक्षासँग जोडिएको यस महान दायित्व निर्वाह गर्नेक्रममा नेपाल प्रहरी अग्रपंक्तिमा रहेको हुँदा यस जिम्मेवारीलाई संयमताकासाथ सफलतापुर्वक सम्पादन गर्न उच्च मनोवलका साथ कर्तव्यनिष्ठ रहन तमाम सदस्यहरुलाई बिशेष निर्देशन दिनुभयो ।

मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरुप नेपालको संविधान, प्रचलिन ऐन कानुनहरु र नेपाल सरकारको नीति निर्देशन बमोजिम परिचालित हुनु नेपाल प्रहरीको मुल दायित्व रहेको चर्चा गर्दै नेपाल प्रहरी सदैव जनमुखी, पारदर्शी र कानुनी मुल्यमान्यताका आधारमा संचालित हुने उल्लेख गर्नुभयो ।

संगठनप्रतिको विश्वास अझै उँचो पार्ने पवित्र कार्यको लागि रचनात्मक सहयोग, सुझाव र सल्लाहको अपेक्षा आफूले राखेको उल्लेख गर्दै उहाँले म र मेरो भन्ने भावनालाई त्यागेर हामी र हाम्रो सामुहिक निर्णयले संगठन र सदस्यको बृहत्तर हितका लागि एक्यबद्ध हुन आब्हान गर्नुभयो ।

अपराध अनुसन्धान तथा नियन्त्रण मार्फत मुलुकमा शान्ति सुरक्षा बहाल राख्दै आमनागरिकको सेवामा समर्पित रहने सामुहिक प्रयास र जिम्मेवारी बोध सबै प्रहरी कर्मचारीले उत्तिकै उमंग र उत्साहका साथ मन, वचन र कर्मले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरी सङ्गठनकोे प्रमुख एवं गरिमामय पदमा पदोन्नति भई कार्यभार सम्हाल्नु भएको यस अवसरमा आयोजित समारोहमा सर्वप्रथम प्रहरी महानिरीक्षक प्रकाश अर्यालमा आफनो व्यक्तिगत तथा समस्त नेपाल प्रहरीको तर्पmबाट हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

विक्रम सम्वत २०२० असार १४ मा दाङ्ग, त्रिभुवननगर–११ मा जन्मनु भएका नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले २०४४ चैत २९ गते प्रहरी निरीक्षक पदबाट सेवा आरम्भ गर्नुभएको थियो । उहाँ २०५२ पुस ३० मा प्रहरी नायब उपरीक्षक, २०६१ चैत १ मा प्रहरी उपरीक्षक, २०६६ कात्तिक २२ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०६९ पुस ४ गते प्रहरी नायब महानिरीक्षकमा पदोन्नती हुनुभएको थियो भने नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार चैत २८ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले स्वदेश तथा विदेशमा गरी विभिन्न १६ वटा व्यावसायिक तालिम हासिल गर्नुभएको छ । स्वदेशी तथा विदेशी गरी विभिन्न ८ वटा विभूषणबाट विभूषित अर्यालले विभिन्न पुरस्कार एवं प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघीय मिसनमा कुशलतापूर्वक कार्यसम्पादन गरिसक्नु भएको छ भने संयुक्तराज्य अमेरिका, भारत, सुडान लगायतका देशहरूको भ्रमण गर्नुभएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक अर्यालले गृहमन्त्रालयमा सोमबार आयोजित समारोहमा दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात सोमबारै आप्mनो कार्यकक्षमा पदबहाली गर्नुभएको थियो । प्रहरी महानिरीक्षक अर्याल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभएको थियो ।

स्वागतपछि प्रहरी महानिरीक्षक अर्यालले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा जानुभई पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्