बालीका करणी गर्ने बृद्धालाई कार्वाहीको माग गर्दै जिप्रका घेराउ



लक्ष्मी साह, महोत्तरी ।

बलात्कारीलाई कारवाहीको माग गर्दै महोत्तरीका स्थानीयवासिन्दाल जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

पीडित बालिका सहित उनका परिवारजन र पिपरा गाउपालिकाका एक सय भन्दा बढीको संख्यामा आएका स्थानीयहरुले बलात्कारीलाई कारवाही, पीडितलाई क्षतिपूर्ति र न्यायको माँग गर्दै जलेश्वरको मटिहानी चौकीबाट विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन ।

उनीहरुले प्रहरी प्रमुख विरुद्ध चर्का नाराबाजी गर्दै करिब १ घण्टा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।

पिपरा गाउपालिका ३ का ७० वर्षीय वृद्ध मुनी भने कुमार पाण्डेले पिपरा ४ की नौ वर्षीया रानी लाई गत चैत १८ गते करिब १ बजे आफ्नै घरमा ढोका लगाई बलात्कार गरेको आरोप लगाउदै पाण्डेमाथि कार्यवाहीको माँग गर्दै पिपराका स्थानीयवासीन्दा र पीडितपरिवारहरुले जिल्ला प्रहरी कार्यालय महोत्तरी घेराउ गरेका छन ।

पीडितका आफन्तका अनुसार विद्यालयबाट घर फर्किरहेका ती बालिकालाई पाण्डेले ललाईफकाई घरमा लगी बलात्कार गरेको आरोप लगाइएको छ ।

बलात्कार गरेपछि कसैलाई भनेमा मारिदिने धम्की समेत दिएको उनका बुवा विपिनले बताए ।
बालिकाले घटना गरेको दुईदिनपछि आफना परिवारजनलाई रक्तश्राव भएको जानकारी गराएपछि घटनाको रहस्य बाहिर आएको हो ।

पीडित परिवारले चैत २० गते ईलाका प्रहरी कार्याय सहोडवामा घटनाबारे जानकारी गराएपछि प्रहरी प्रतिवेदन र पीडितको जाहिरीको आधारमा पाण्डेमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीले चैत २१ मा जवरजस्ती करणी मुदा दर्ता गरि कार्यवाही प्रकृया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पाण्डेमाथि जवरजस्ती करणी मुद्दा दर्ता गरी उनको खोजविन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्