हात मुख बाँधेर एकल बृद्धाको हत्या


ललित सिहं,बझाङ ।
जयपृथ्बी नगरपालिका ४ गोलाई बस्ने ७१ बर्षकी हंसा देबि उपाध्याको दुबै हात र मुखमा पट्टी बाँधी अपरचित समुहले रहस्यमय हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जानकारी दिएको छ ।

हंसा देबि उपाध्या एकल महिला भएकाले उनी एक्लै बस्दै आएकी थिईन् । उनको सम्पति लिनको लागी हत्या गरेको प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द्रले बताउनु भएको छ ।

चन्द्रका अनुसार आईतबार नै हत्या गरेर मृत्कका आफन्त हरुले हिजो साझ मात्र थाहा पाएर गएराती राती ७ बजे मात्र मृत्कका आफन्तहरुले प्रहरीलाई खबर गरेको बताए ।

मृतक हंसा देबि उपाध्याको पोस्र्टमाटमको लागि जिल्ला अस्पताल बझाङ्ग ल्याएको प्रहरीले जनाएको छ ।

हत्याको थप खोज अनुसंन्धान भैरहेको डिएसपी नरेन्द्र चन्द्रले बताउनु भएको छ ।