अपहरण तथा शरीर बन्धक गराउने सरकारी कर्मचारी सहित तिन पक्राउ



नेपाल समाचारपत्र, भद्रपुर ।

अपहरण तथा शरीर बन्धक अभियोगमा परेको उजुरीपछि झापा प्रहरीले एक सरकारी कर्मचारीसहित तीन जनालाई आइतवार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर ८ का ४२ बर्षीय भुपु कान्छा भनिने अजय राइ, भद्रपुर ६ का ४० बर्षीय प्रेम न्यौपाने र भद्रपुर ७ का अन्दाजी ४२ वर्षिय तेजेन्द्र न्यौपाने छन् । राई कांग्रेस कार्यकर्ता, न्यौपाने स्टोर्स चन्द्रगढीका सञ्चालक न्यौपाने र तेजेन्द्र जिल्ला प्रशासन कार्यालय झापाका खरिदार हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार विर्तामोडका जीवन विष्टले आफूलाई अपहरण गरी बन्धक बनाएर करोडौं मूल्य पर्ने जग्गा पास गर्न लगाएको उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको बताएको छ । शनिश्चरे निवासी विष्टलाई अपहरण गरी खाली कागजमा हस्ताक्षर गराउँदै १५ करोड रुपैयाँ मूल्य पर्ने जग्गा प्रेम न्यौपानेका नाममा रजिष्ट्रेशन पास गराएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्