विश्व शान्तिको कामना गर्दै १० लाख मन्त्र जप सुरु


रविन भट्टराई,ताप्लेजुङ ।

विश्व शान्तिको कामना गर्दै ताप्लेजुङको सुकेटारमा बौद्ध धार्मावलम्बिहरुले दश लाख मन्त्र जप्न सुरु गरेका छन् ।

विश्वमा अशान्ति बढ्दै गएको भन्दै अवतारी लामाको उस्थितीमा पुर्वका बौद्ध धामावलम्बिहरुले एक साथ मन्त्र जप्न सुरु गरेका हुन् ।

आईतबार विहान विषेश पुजाको साथमा सुरु गरीएको सो कार्यक्रमलाई बज्रगुरु मन्त्रजप कार्यक्रम नाम दिईएको छ ।

कार्यक्रममा मन्त्र जप गर्न भुटानबाट प्रमुख अवतारी लामा दिल्गु खेन्चे रिन्पोछेलाई काठमाडौ ल्याई सोमबार हेलिकोप्टरबाट कार्यक्रम स्थल सुकेटार ल्याईएको बज्रगुरु कार्यक्रममा आयोजक समिति ताप्लेजुङका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा (थोत्तेन जिग्डोल) ले बताएका छन् ।

एक करोड बढिको लगानिमा सरु गरीएको सो कार्यक्रम मंगलबार सम्पन्न हुने शेर्पाको भनाई छ ।

मन्त्र जप्न १ हजार ४ सय जना
यसैविच मन्त्र जप गर्न हजार चारसय जना बसेका छन् । यो अपेक्षा गरीए भन्दा दुई गुणा बढि रहेको आयोजकले बताएको छ । बज्रगुरु मन्त्रजप कार्यक्रम मुल आयोजक समितिका सदस्य सचिव पासाङरीता शेर्पाले २ सय ४५ जना लामा र वाँकी एक हजार एकसय ५५ जना गृहस्थी मन्त्रजपमा बसेको जानकारी दिनुभयो ।

मुल आयोजक समितिले यसअघि दुई देखि पाँच सय जना मात्र मन्त्रजपमा बस्ने अनुमान गरेको थियो । मन्त्रजपमा बस्नेलाई कुनै असुबिधा नहुने गरी आयोजक समितिले तयारी गरेको शेर्पाले बताउनुभयो । मन्त्रजपमा ५ जना अवतारी लामा रहनु भएको छ । भक्तजनका लागि खाना तथा लामाहरुका लागि आवास सहितको सबै प्रवन्ध गरिएको जानकारी दिएको छ ।

मन्त्रजपका लागि सुकेटारमा ठूलो मन्त्रजप स्थल बनाईएको छ भने मन्त्रजपमा बस्ने प्रमुख अवतारी लामा, लामा र गृहस्थीका लागि समेत पुजापाठ र ध्यान स्थल बनाईएको छ । खानाका लागि छुट्टै स्थल र कार्यक्रम स्थल नजिकै शौचालय तथा पानीको व्यवस्थापन गरिएको आयोजक समितिले जनाएको छ ।