अमेरिकन डलर सहित पक्राउ


काठमाडौं (नेस) ।
नेपाल एयरलाइन्सका क्याप्टेन ललितपुर घर भई हाल बानेश्वर बस्ने ५५ बर्षीय सुवर्ण अवालेलाई अमेरिकन डलर ९३ हजार ६ सय सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नेपाल एयरलाइन्सको उडान बाट दुवई जान लागेका अवालेलाई शंकालागी चेकजाँच गर्दा हातेझोलामा लुकाईछिपाई लान लागेको अवस्थामा उक्त अमेरिकन डलर फेला पारी उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी हेडक्वाटर नक्सालले जानकारी दिएको छ ।