ट्रक र कार ठोक्किँदा तीन भारतीयको मृत्यु


हेटौंडा,(नेस) ।
पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–६, तिरतिरेधारा नजिक ज्यामिरेमा ट्रक र कार ठोक्किँदा तीन भारतीय नागरिकको मृत्यु भएको छ ।

बीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको बीआर ०३ जी ५६२५ नम्बर भारतीय कार विपरीत दिशाबाट आइरहेको ना. ६ ख ६५६१ नम्बर ट्रकसँग शनिबार गएराति ८ बजे ठोक्किएको हो ।

तीनै जनाको घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतकमध्ये दुई जनाको सनाखत भएको छ । मृतकहरु चालक ३९ वर्षीय नितेशकुमार र भारत सीतामाडीका ३७ वर्षीय सञ्जीवकुमार रहेको प्रहरीले जनाएको छ । अर्का एक मृतकको सनाखत हुन बाँकी छ । उनीहरुको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

दुर्घटनामा घाइते ५२ वर्षीय राजीवकुमार शर्माको टाउको र खुट्टामा गम्भीर चोट लागेको र उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि भरतपुर अस्पताल पु¥याइएको छ । कारमा चार जना रहेको बताइएको छ ।