डडेल्धुरा, २६ चैत । डडेल्धुराको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवम् उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ ।
तथ्याङ्कअनुसार डडेल्धुरामा सबैभन्दा बढी मानसिक रोगी (डिप्रेसन) को समस्या भएका नागरिक जोगबुढामा दुई सय ५३, अजयमेरुमा ७१, बगरकोटमा ६२, नवदुर्गामा ५९, देवलदिब्यपुरमा २६ र आलितालमा १६ जना छन् । स्वस्थ्य नागरिकमा आइपर्ने चिन्ता नैरश्यता लगातार दुई हप्तासम्म रहिरहनुलाई डिप्रेसन मान्न सकिने चिकित्सकहरुको बताउँछन् ।
डिप्रेसनका कारण विश्वमा आत्महत्याका घटनामा पनि वृद्धि भएको पाइन्छ । आत्महत्याका घटना पछिल्लो समय डडेल्धुरामा पनि बढ्दै गएका छन् । चालु वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आत्महत्याका मुद्दा सबै भन्दा बढी छन् ।
डिप्रेसनले नागरिकको आत्मविश्वासमा कमी ल्याई निराशजनक जीवन व्यतित गर्नमा सहयोग पु¥याउँछ । जस कारण मानिसमा धेरै चिन्ता भई आफू केही गर्न नसक्ने ठानी आत्महत्याको मानसिकता पलाउने गर्छ ।
यो रोगको सबैभन्दा उपयुक्त र प्रभावकारी उपचार भनेको नै मनोपरामर्श हो, उप क्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल अधिकृत डा विप्लव घिमिरेले बताउनुभयो ।
विश्व स्वस्थ्य दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरामा शुक्रबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा डा घिमिरेले पछिल्लो समयमा संसारभरीकै नागरिकमा यो समस्या देखिने गरेको बताउँदै यसबाट मुक्ति पाउनका लागि मनोवैज्ञानिकको सल्लाहअनुसार औषधि सेवन गर्नु उपयुक्त हुन्छ भन्नुभयो । रासस
प्रतिक्रिया