चुनावका लागि संशोधन आवश्यक ः ठाकुर


लक्ष्मीकुमार साह, महोत्तरी
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले चुनावको लागि संशोधन आवश्यक भएको बताएका छन्।

सदरमुकाम जलेश्वरमा तमलोपा जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले संविधान संशोधनबिना देशमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका हुन्।

अध्यक्ष ठाकुरले मधेस र मधेसी जनताको भावना विपरीत चुनाव गराए आपूmहरू हतियार उठाउन सक्ने संकेत गर्दै पत्रकार सम्मेलनको दौरान मिडियाहरूप्रति आक्रोशसमेत पोखेका थिए।

संविधान संशोधनबिना कुनै पनि तिथि मितिमा तोकिएको निर्वाचनमा भाग नलिने अडान राख्दै उनले आपूmहरू वैशाखको दोस्रो सातासम्म कुर्ने र त्यस्तो कुनै प्रतिक्रिया नआए आपूmहरू सशक्त आन्दोलन गरी चुनाव हुन नदिने दाबीसमेत गरे।

ठाकुरले सरकारले तत्काल निर्वाचनको तिथि फिर्ता लिई संविधान संशोधन गर्नुपर्ने र राज्यले आफूहरूसंग भएको कुनै पनि सहमति पालना नगरेको जानकारीसमेत दिए। राज्यले मधेससँग विभेद गरेको बताउनुहँुदै यसको असर स्थानीय तहमासमेत देखिएको उनले बताए।

ठाकुरले मधेसमा सशक्त पार्टी बनाउनका लागि आफू अन्य पार्टीसंग एकीकरणको प्रयास भइरहेको बताउँदै चाँडै नै सकारात्मक समाचार आउन सक्ने संकेत गरे।