टोले गुन्डावाला’ पक्राउ


काठमाडौं, (नेस)
टोले गुन्डाको नामले चिनिएकावाला’ भन्ने योगेन्द्र लामालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ।

काभ्रेको पोखरी नाराणस्थान घर भई पुरानो बानेश्वर बस्दै आएका ३१ वर्षीय लामाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरूमा गुण्डागर्दी गर्ने तथा टोले गुन्डाका रूपमा रही व्यवसायीसंग जबरजस्ती रकम असुली गर्न धम्क्याउने काम गर्दै आएका थिए।

उनलाई बिहीबार अपराध महाशाखाबाट डीएसपी अजय केसीको कमान्डमा खटिएको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो। उनीमाथि आवश्यक अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ। लामा यसअघि पनि पक्राउ परी धरौटीमा छुटेका थिए।