ग्लोब सुन्दरीको ट्यालेन्ट शो


मिस टिन ग्लोब २०१७ का प्रतियोगीले त्यसअन्तर्गत आफूमा अन्तरनिहित प्रतिभा प्रदर्शन गरेका छन्। स्टार वन इन्टरटेनमेन्टले आगामी वैशाख २ गते राजधानीमा आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता मिस टिन ग्लोब २०१७ का प्रतियोगीले त्यसअन्तर्गत आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन्। विभिन्न उमेर र वर्ग समूहका लागि विविध प्रकारका सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्टले मिस टिन ग्लोब २०१७ मा सहभागी प्रतियोगीतमध्येबाट मिस ट्यालेन्ट चयन गर्नका लागि बुधबार ट्यालेन्ट शो गरिएको थियो।

राजधानीको नया“ बानेश्वरस्थित होटल रानी महलमा आयोजना गरेको ट्यालेन्ट शोमा प्रतियोगीहरूले सांस्कृतिक र कलात्मक तथा आधुनिक नृत्य, कुकिङ, अभिनय र वक्तृत्वकला प्रदर्शन गरेका थिए। शोमा अधिकांश प्रतियोगीले नृत्य प्रस्तुत गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए।

प्रतियोगिताको अन्तिम स्पर्धामा राजधानीमा विभिन्न कलेजमा अध्ययनरत जस्मिन ओझा, दीपिका खड्का, श्रुति महर्जन, अस्मिता दंगाल, वर्षा कोइराला, प्रसस्ना श्रेष्ठ, जेमिना घिसिङ, सजिता दाहाल, सुनिता थापा मगर, कञ्चन मगर, सुवर्णा सिंखडा, अनुजा कार्की र आयुष्मा महर्जनले शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै संरचना विश्वकर्मा, रुसाली अधिकारी, समिता तामाङ, अनिषा स्थापित, आस्था शाह, सञ्चली प्रधान, सलिना महर्जन, शर्मिला तामाङ, स्वस्ती दंगाल, कृष्टिना सापकोटा, रेशिमा थापा, वन्दना बस्नेत, सीमा लामा, मिङ ≈याल्मो, पूजा आचार्य र पासाङ ल्यामु शेर्पा पनि अन्तिम स्पर्धाका लागि जुटिरहेका छन्। प्रतियोगिताको कोरियोग्राफी र कार्यक्रम सञ्चानल कोरियोग्राफर अश्विनी झाले गर्दै छन्।

बालकृष्ण पोखरेलको इभेन्ट मेनेजमेन्ट, पूजा निरौलाको इभेन्ट निर्देशन र दीपेन्द्र कार्कीको इभेन्ट संयोजनमा हुन लागेको प्रतियोगिताअन्तर्गतको ट्यालेन्ट शोमा हास्य कलाकार गोपाल ढकाल छन्दे, डा. सीके सिंह र मिसेस नेपाल इन्टरनेसनल २०१६ की फस्ट रनर्सअप विना खतिवडा निर्णायक रहेका थिए।