लाखौं भारतीय रुपैयाँसहित दुई पक्राउ


नेपाल समाचारपत्र, झापा ।
सशस्त्र प्रहरीले एघार लाख १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको टोलीले झापाको भद्रपुर नगरपालिका ९ स्थित घोडामाराबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का २४ वषिर्य रविन घोस र २३ वर्षिय मनोज राजबंशी रहेको सशस्त्र प्रहरी बल भद्रपुरले जानकारी दिएको छ ।

गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको मे ६ प. ६१२९ नम्बरको मोटसाकलमा सवार उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाा फेला पारेपछि मोटसाइकलसहित उनीहरुलाई पक्राउ गरेको जनाएकको छ ।