डोटीमा जिप दुर्घटना एक घाईते


विमल विष्ट, डोटी ।
डोटीमा जिप दुर्घटना हुदा एकजना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले दिनु भएको जानकारी अनुसार सदरमुकाम सिलगढी बाट रातुली जानलागेको से १ च १४७१ नम्बरको प्राईभेट जिप दुर्घटना हुदा पुर्वि चौकी गाउपालिका लडागडा बस्ने वर्ष ३२का रत्न कठायत घाईते भएका हुन् ।

घाईतेको जिल्ला स्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको टाउको र छातीमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।