मुसहर समुदायका अगुवाको धम्की


शिवहरी प्रसाद भट्टराई, राजविराज ।

आर्थिक, समाजिक, शैषिक, राजनीतिक तथा समाजिक न्याय लगायतका क्षेत्रमा उपेक्षित मुसहर समुदायको जीवन स्तरमा सुधार ल्याउन राज्यपक्ष गम्भीर नबनेको दोषारोपण गर्दै मुसहर समुदायका अगुवाहरुले तत्काल समस्या समाधानका लागि पहल नगरिए कुने पनि निर्वाचनमा सहभागि नहुने चेतावनी दिएका छन् ।
मुसहर समुदायका जननायक एंव्म कुलदेवता दिनाभद्रीको स्मृति एंवम् सम्मानमा उनकै जन्मथलो सप्तरीको बोदे बर्साइन नगरपालिकाको जोगिया जाँजर गाउँमा शुक्रवार देखी शुरु भएको ३ दिने “दिनाभद्री मेला र जन्मोत्सव समारोह” को उद्घाटन पश्चात आयोजित कार्यक्रममा बोल्दै अधिकांश मुसहर समुदायका अगुवा र आमन्त्रित बक्ताले यस्तो चेतावनी दिएका हुन् ।
समारोहका प्रमुख अतिथि नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले मुलुकमा धेरै परिवर्तन भएपनि मुसहर समुदायको जीवनस्तर कुनै सुधार हुन नसकेको चर्चा गर्दै सरकारले अझै पनि मुसहर समुदायको उत्थानका लागि गम्भीरता नदेखाए कुनै पनि निर्वाचनमा सहभागि नहुने र आन्दोलनको बाटो रोज्ने चेतावनी दिए ।