नेपालमा लगानी भित्राउने विषयमा छलफल


यमलाल भुसाल, बुटवल ।
जापानको हुकाईदो शहरका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल भएको छ । यातायात र पर्यटनको क्षेत्रमा लगानीको सम्भावनाको खोजीमा नेपाल आएका जापानका उद्योगी र रुपन्देहीका यातयाता व्यवसायी र पर्यटन व्यवसायीबीच शुक्रकार लुम्बिनीमा छलफल भएको हो ।

दुई देशका व्यवसायीका बिचमा भएको छलफलमा जापानका उद्योगीहरुले लुम्बिनी क्षेत्रमा यातायात र पर्यटनमा कानुन सम्बत लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि यातायात र पर्यटन व्यवसायी सहमतिमा लगानी गर्न सकिने बताए । पर्यटनको क्षेत्रमा र दुर्घटना न्यूनीकरणका लागि यातायातको क्षेत्रमा प्याकेजको रुपमा लगानी गर्न सकिने जापानका उद्योगी व्यवसायी थामुदा साङ्कले बताउनुभयो । उहाँले नेपालमा रहेको लुम्बिनीबाट संसारलाई शान्तिको सन्देश दिनका लागि जापान सरकार र उद्योगी व्यवसायी तत्पर रहेको बताउनुभयो ।

अर्का उद्योगी व्यवसायी आमिदले यातायात, पर्यटन लगयातका अन्य २० क्षेत्रमा लगानी गर्न आफुहरु सहमत रहेको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका निःवर्तमान अध्यक्ष लोकराज पोखरेलले आर्थिक लगानीमा सहकार्य गरेर यातायात क्षेत्रको विस्तार र दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो ।