अशिना पानीले गहुँ बालि सखाप


बिष्णुप्रसाद भण्डारी, अछाम
अभिरल बर्षा संगै परेको भिषण अशिना पानीले पाक्नै लागेको गहँु बालि सखाप बनाएको छ । अशिना पानीले अछाम लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लामा पाक्नै लागेको गहुँ बाली र अन्य बालिमा समेत क्षती पु¥याएको छ ।

अछामका जिल्लाका मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका लगायत स्थानमा अशिना पानीले क्षती पु¥याएको छ । असिना पानीले गहुँ बाली पूर्ण रुपमा सखाप पारेको कमलजार नगरपालिका वडा नं. ६ स्याउले निवासी स्थानीय समाज सेवी जनकप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गहुँबालीमा पूर्णरुपमा क्षती पुगेपछि भोकमरीको चिन्ता बढेको उहाँले बताउनुभयो । साथै सुन्तला, जारिम, मौशसमी, आँप, आरु, लगायत बालीमा समेत क्षती पु¥याएको उहाँले जानकारी दिनुभयो । अशिना पानीले रुखमा पात समेत बाँकी रहेनन । बोग्टानका चावाराचौतारा, धिर्कामाण्डौ, सिमचौर लगायत स्थानमा अशिना पानीले ठुलो मात्रामा क्षती पु¥याएको छ ।