बालुवाले छोपेर काठ तस्करी



सञ्जय कार्की, रौतहट ।

रौतहटको दक्षिणी भेगको राष्ट्रिय बन बाट सालको गोलिया काठ तस्करी हुने क्रम बढदो रहेको छ । बनगस्तिको निस्क्रियता एबम बनकर्मचारीको मिलोमतोमा राष्ट्रिय बन बाट सालका गोलिया काठ तस्करी हुदै आएको छ ।

जिल्ला बन कार्यालय रौतहट अन्तर्गतको चोचा सेक्टर बन कार्यालयमा पर्ने बनमा पछिल्लो दिनमा तस्करी बढेको आरोप स्थानीयको रहेको छ । यस्तै तस्करी भएकै क्रममा बृन्दाबन गाउपालिकामा पर्ने बहुअरी स्थित शुभलक्ष्मि चिरान मिल बाट प्रहरीले साढे तीन लाख पर्ने ४५ क्युफिट गोलिया काठ बरामद गरेको छ । चोचा सेक्टर बन कार्यालय हुदै टेक्टरमा लोड गरि लैजादै गरेको दुई थान गोलिया काठ प्रहरीले बरामद गर्नु अघि तस्करले टेलर छुटाएर ईन्जिन लिएर फरार भएका छन । उक्त तस्करीमा शुभलक्ष्मि चिरान मिलका संचालन संलग्न रहेको प्रहरीले जनाएको छ । बालुवाले छोपेर ल्याएको काचो सालको गोलिया काठ टेलर सहित प्रहरीले बरामद गरेको हो ।

बिगत लामो समय देखि अबैध गोलिया काठको कारोबार उक्त चिरान मिलमा हुने गरेको सुचनाको आधारमा प्रहरीले छामा मारेको जनाइएको छ । सो मिलमा पटक पटक अबैध काठ बरामद हुने गरेको भएपनि सम्बन्धीत निकायले चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् ।.सो मिलबाट बरामद काठ आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनु भयो ।

जिल्ला बन कार्यालय रौतहटका प्रमुख बनअधिकृत दिर्घनारायण कोईरालाले तस्करीको काठ बरामद भएको स्वीकार गर्दै यस्को छानबिन भैरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्