निर्वाचन तयारीमा एमाले अगाडि


गोकुल घोरसाइने, बारा ।
कलैया पन्नबागस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयभित्र र बाहिर केही दिनयता भिडभाड बढेको छ । मधेस आन्दोलन र त्यसपछि पनि लामो समयसम्म सुनसान रहेको एमाले कार्यालयमा स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएपछि टिकटका आकाक्षीको चहलपहल बढेको हो । मधेसी मार्चाको धम्कीका बाबजुद पनि एमालेले जिल्लामा चुनावी तयारीलाई तिब्र पादै आएको छ । ‘बैठक, भेला र भेटघाट बढेको छ, एमाले जिल्ला कमिटी अध्यक्ष सुन्दर विकले भने, चुनावी तयारले कार्यकर्तालाई भ्याइनभ्याइ छ ।’ उनले सदरमुकाम कलैया जस्तै जिल्लाका सबै गाउ“मा चुनावी गतिविधि तिब्र पारिएको सुनाए ।
मधेसी मोर्चाको बिथोल्ने धम्कीले निर्वाचन प्रभावति हुन सक्ने आशंका कायम रहदा एमालेले भने आफनो अभियानलाई तिब्र पार्दै आएको छ । संविधान संशोधनमा मोर्चाको माग बेवास्ता र स्थानीय तहको निर्वाचन तयारीमा लागेको भन्दै आक्रोशित मोर्चा कार्यकर्ताको अवरोधका बाबजुद पनि एमालेले गतिविधि अघि बढाएको हो