मुलुकलाई एकताबद्ध गर्नेे शक्तिको खाँचो छ– रावल


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले मुलुकलाई एकताबद्ध गरेर लाने शक्तिको खाँचो रहेको बताउनुभएको छ । शिक्षक संगठन भक्तपुरले बिहीबार आयोजना गरेको ३८ औं शिक्षक दिवस तथा शिक्षक सम्मान समारोहलाई भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष रावलले सो कुरा बताउनुभएको हो ।

बिबिध जातजाती र भाषाभाषीको बसोबास रहेको देशमा जनतालाई मान्य हुने शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिका लागि सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । सर्बोपरी हितको आधारमा मात्र राजनीति गर्नुपर्नेमा जोड दिंदै उहाँले भाषाभाषी,जातजाती र भुगोलका आधारमा राजनीति नगर्न आग्रह गर्नुभयो ।

संबिधानले कसैलाई बिभेद नगरेको बताउँदै उहाँले आवेश र उत्तेजनामा नआई सहमतिका साथ संविधान कार्यान्वयन र निर्वाचन गनुपर्नेमा जोड दिनुभयो ।