हाम्रा अघि अरु दल झुसे बारुला – एमाले सचिव भट्टराई


रविन भट्टराई ताप्लेजुङ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले काँग्रेश र माओवादि केन्द्र एमालेका लागि झुसे बारुला मात्रै भएको बताएका छन् ।

नेकपा एमाले ताप्लेजुङले फुङ्लिङ नगरपालीका ९ मा आयोजना गरेको चुनावि आमसभालाई संबोधन गर्दै यस्तो बताएका हुन् । ठुला ठुला शक्ति राष्ट्रदेखि विभिन्न शक्तिशालि ठन्ने पाटिसँग पनि एमाले कहिलै पछि नहटेको बताउँदै उनले एमाले सँग काँग्रेश र माओवादि केन्द्रले प्रतिस्प्रधा गर्न खोज्नु अरिङ्गलको छेउमा जुसे बारुला मात्र भएको बताए ।

नेपाली काँग्रेशले आफुलाई ठुलो पाटि ठाने पनि काम भने केहि गर्न नसक्ने पाटि बताउँदै उनले काँग्रेश हाक्ति जस्तो भद्धा पाटिको संज्ञा समेत दिएका छन् ।

एमाले नेतृत्वको सरकारका पालामा भारतले लगाएको अघोषित नाकाबन्दिको समयमा एमाले उच्च सिर पारी जनताको आत्माबल बढाउन लागिरहदा काँग्रश र माओवादि नुन खाको कुखुरा जस्तो झोक्राएर बसेको आरोप लगाउँदै सचिव भट्टराईले अहिले हामि यो गछौ र त्यो गछौ भन्दै जनता सँग जाँदा कसले पत्याउने भन्दै प्रस्न समेत गरेका छन् ।

अब हुन लागिरहेको निर्वाचनमा एमाले बहुमतले देशभर अग्र स्थानमा आउने दावि गर्दै प्रचार विभाग समेत रहेका भट्टराईले अबको एमालेको घोषणा पत्रमा बृद्धभत्तालाई ५ हजार पु¥याउने, युवाहरुका लागि शिक्षाका आधारमा प्रमाणपत्र धितो राखेर ऋणको व्यवस्था गर्ने, प्रत्येक वाडामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, कृर्षी पेशालाई आधुनिकरण गर्दै कृषि पेशामा आकर्षण बढाउने किसिमको योजना समेट्न लागेके खुलासा समेत गरेका छन् ।