एक दशकदेखि खोलामै गुड्छन् गाडी


सरिता चलाउने , सल्यान ।

थारमारे चौरजहारी सडक खण्ड अन्तर्गत बडागाउँको चियापानीदेखि कालागाउँको स्यानीपिपलसम्म पुग्ने सडक र पुल नहुँदा एक दशकदेखि खोलामै गाडी गड्दै आइरहेका छन् । वर्षायाममा बाढीले वारपार गर्न मुस्किल हुने रागेचौर खोलामा वाढीले बनाएको लिकमा गाडी हिड्दै आइरहहेका छन् ।

वर्षायाम बाहेक ८ महिना सञ्चालनमा आउने उक्त मोटरबाटोको झन्डै ४ किलोमिटरमा गाडी खोलामा हिड्ने गरेका छन् । बाढी आएको समयमा बाढीले ढुंगा बगाउने, घर बनाउनका लागि बालुवा तथा ढुंगा निकाल्ने गरेका कारण ठुला गाडीहरु खोलाबाटै गुडने गरेको कुमाख मालिका गाउँपालिका वडा ३ का सञ्जिव शर्माले बताउनु भयो ।