गुरुकूललाई अढाई सय क्वीन्टल चामल


नेपाल समाचारपत्र, हेटौंडा । श्री १००८ स्वामी डा.रामानन्द गिरीद्वारा देवघाटधाममा २०५० सालमा स्थापना गरिएको महेश सन्न्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकूलका निःशुल्क अध्ययन, भोजन एवम् आवासीय विद्यार्थीका लागि अन्नदान गरिएको छ ।
देवघाटधाममा रहेको महेश संस्कृत गुरुकूलमा अध्ययनरत् विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ । गुरुकूलमा अध्ययनरत् २ सय २ जना विद्यार्थीका लागि विभिन्न जिल्लाका अन्नदाताले सहयोग गरेको गुरुकूल सञ्चालन समिति सदस्य एवम् मुठ्ठीदान संयोजक रामप्रसाद सुवेदीले जानकारी दिए ।
विद्यार्थीको भोजनका लागि हेटौंडा, काठमाडौ, र सिमराका अन्नदाताले रामनवमीको अवसरमा सहयोग गरेका हुन् । जसमा चामल २ सय ४८ क्वीन्टल, रहर दाल ३७ क्वीन्टल, चना २५ क्वीन्टल, चिनी १७ क्वीन्टल, तेल ८ सय ५० लिटर, नुन २० बोरा, आलु १० बोरा र गाईको लागि चोकर ३२ बोरा हस्तान्तरण गरिएको सुवेदीले जानकारी दिए । सोही अवसरमा नारायणी यातायात व्यवसायी संघले एक विद्यार्थीको शैक्षिक खर्चस्वरुप १२ हजार रुपिया“ र १ क्वीन्टल चामल सहयोग गरेको उनले बताए ।
गुरुकूलमा निःशुल्क शिक्षा, आवास र भोजनसहित अध्ययनरत् विद्यार्थीलाई सहजताका लागि रामनवमीको दिन दाताहरु आफैं पुगेर खाद्यान्न हस्तान्तरण गरेको उनले बताए । लगातार १८ वर्षदेखि यसरी सहयोग गरि“दै आएको छ ।