रुकुममा नमूना गाउँघर क्लिनिक


धनवीर दाहाल, रुकुम ।

दुर्गम स्तरका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागी जिल्लाको आठविसकोट नगरपालिकाको दाँजेमा नमूना गाउँघर क्लिनिक स्थापना भएको छ ।

स्वाथ्य सेवाको पहुँचवाट टाढा रहेका जनतालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नमूना गाउँघर क्लिनिक स्थापना गरिएको हो । यस क्लिनिकवाट परिवार नियोजन सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, वाल स्वास्थ्य सेवा, खोप सेवा, सामान्य स्वास्थ्य जाँच सेवा लगाएतका सेवा उपलब्ध हुने जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिव आचार्यले बताए । यहाँ अनमी एक र एक जना कार्यालय सहायकको दरबन्दी गरिएको उनले बताए ।
नमूना गाउँघर क्लिनिक स्थापना भएपछि यहाँका वासिन्दाहरु खुशी भएका छन् । सामान्य उपचार र खोप लगाउँन घण्टौं हिडेर स्वास्थ्य चौकी जानु पर्ने वाध्यता घटेको स्थानीय रामवहादुर बटलाले बताए । गाउँमा नमूना गाउँघर क्लिनिक स्थापना भएपछि स्वास्थ्यको पहुँचमा सहज भएको वटलाले बताए ।

यस नमूना गाउँघर क्लिनिकवाट डाँफे, चुर्थिपाका, औली पाखा लगाएतका गाउँहरु लाभान्वित हुने छन् । यसको जिल्ला अस्पताल सल्लेका जनस्वास्थ्य निरिक्षक नन्दलाल महोतोले उद्घाटन गरेका थिए । यस क्लिनिकलाई आर्थिक, भौतिक र जनशक्ति सहयोग गरेको आठविसकोट स्वास्थ्य चौकीका शेरवहादुर केसीले बताए ।