बस दुर्घटनामा १७ जना घाईते ।


चिरञ्जीवी मास्के, दोलखा । काठमाडौँबाट जिरी तर्फ जाँदै गरेको यात्रुबहाक बस बुधवार दोलखा भीमेश्वर नगरपालीका वडा नम्बर ७ साखिनेमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन् ।

झण्डै ३५÷४० जना यात्रु बोकेर जिरी तर्फ जाँदै गरेको बा २ ख ६२०४ नम्बरको बस सडक किनारामा पल्टिएर रुखमा अल्झिएको थियो । दुर्घटनामा घाईते भएका मध्य भीमेश्वर नगरपालीका वडा नम्बर ८ बोचका ४० बर्षिय केशव थापा, बोचकै ४१ बर्षिय इन्दुकुमारी भुजेल, गौरीशङ्कर गाँउपालीका स्थित जुँगुका ११ बर्षिय यायुस्मा कार्की र २९ बर्षिय सर्मिला कार्की गम्भीर रहेकोले चरिकोट स्थित सामुदायीक अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताए ।

यात्रु धेरै भएको र बसको गतिसमेत तिब्र रहेकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।