गौशाला, १९ चैत । जलेश्वर नगरपालिका–१५ सुगा गाउँमा मोटरसाइकल दुर्घटनामा परेका एक किशोरको आज उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुगा गाउँ निवासी रामबाबु तिवारीका छोरा १६ वर्षीय किशन तिवारी रहेका छन् ।एसइई परीक्षा दिएर घरमै बसिरहेका तिवारी बिहीबार दिउँसो जलेश्वर बजारबाट ज६प ३४५२ नंको मोटरसाइकल चलाएर घरतिर जाँदै गर्दा आँपको रुखमा मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते तिवारीलाई परिवारजनले तत्काल उपचारका लागि अञ्चल अस्पताल जनकपुर हुँदै विराटनगरस्थित न्युरो अस्पतालमा पु¥याएको थियो । उनको न्युरो अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
प्रतिक्रिया