बेवारिसे महिलाले बच्चा जन्माइन्


नेपाल समाचारपत्र
भद्रपुर

मानसिक सन्तुलन गुमाएकी बेवारिसे एक महिलाले छोरी जन्माएकी छिन्। झापाको मेची नगरपालिका साविक बाहुनडाँगी–४ स्थित भृकुटी बजारमा खाली टहरामा ती महिलाले छोरी जन्माएकी हुन्।

घटनापश्चात स्थानीयबासी, बाहुनडाँगी महिला कृषि सहकारी संस्था, महिला तथा बालबालिका कार्यालयका सामाजिक परिचालिकालगायतको सहयोगमा उद्धार गरी शुक्रबार मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याइएको छ।

अन्दाजी २५ बर्षिय नाम ठेगाना बताउन नसक्ने महिला १० दिनदेखि भृकुटी बजारमा देखिने गरेको समाजिक परिचालिका पवित्रा काफ्लेले बताइन्। छोरा मान्छेलाई देख्नासाथ भाग्ने अन्यलाई ढुंगाले आक्रमण गर्ने र उनीमाथि सोधपुछ गर्दा हिन्दी झाषामा बोल्न खोजे पनि आफ्नो बारेमा बताउन नसक्ने काफ्लेको भनाइ छ।

गर्भवती महिलालाई सो क्षेत्रमा देखेपछि स्थानीयले उनी माथि निगरानी गरिरहेको अवस्थामा नवजात शिशुको जन्म दिएपछि अत्यधिक रत्तश्राप भएका कारण शिशुसहित महिलालाई अस्पताल पुर्याइएको महिला तथा बालबालिका कार्यालय निरीक्षक जीवनकला राउतले बताइन्।

झापा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको बाल कल्याण समितिमार्फत् ती शिुशलाई संरक्षक तोकेर जिम्मा लगाइने र बेवारिसे महिलालाई महिला तथा बालबालिका कार्यालयको सिफारिसमा भद्रपुरस्थित मानवअधिकारका लागि एकल महिला भवन राखिने राउतले बताइन्।